नक्कली भुटानी शरणार्थी ठगी प्रकरणबारे अनुसन्धान गर्न नेपाल प्रहरीले संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ ।
यो ठगी धन्दामा फरार रहेका नेकपा एमाले सांसद एवंम पूर्वमन्त्री टोपबहादुर रायमाझी खोज्न नेपाल प्रहरीले संसद सचिवालयबाट सीसीटिभी फुटेज लगेको हो ।
संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार सीआइबीले रायमाझी खोज्न सहयोगका लागि संसद सचिवालयलाई पत्र लेख्दै सहयोग मागेको थियो । शुक्रबार संसद सचिवालयबाट सीआईबीले सीसीटिभी फुटेज लगेको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जोडिएपछि एमाले नेता तथा सांसद रायमाझी बुधबारबाट फरार छन् । वैशाख २५ गते संसद सचिवालयमा भने उनले आफु बिरामी भएर संसदमा उपस्थित हुन नसकेको भन्दै पत्र पठाएका थिए ।
प्रहरीले खोजी गरिरहेको अवस्थामा रायमाझीको पत्र संसद सचिवालयमा आएपछि नेपाल प्रहरीको अनुसन्धान ब्युरो सीआइबीले सचिवालयलाई सहयोगका लागि अनुरोधसहितको पत्र पठाएको थियो ।
सोही पत्र बमोजिम सीआइबीले सभामुखको कार्यकक्ष आसपासको सीसीटीभी नियन्त्रणमा लिएको हो । रायमाझीको पत्र बोकेर आउने मानिसको पहिचानका लागि उक्त सीसीटिभी सीआइबीले लगेको स्रोतको भनाई छ ।
प्रतिक्रिया