काठमाडौं । सिद्धार्थ बैंकले अहिलेको वित्तिय बजारमा लोकप्रिय कर्जा सुविधा ल्याएको छ । बैंकले ११.७५ प्रतिशतमै ‘सिद्धार्थ हाम्रो घर कर्जा’ सुविधा उपलब्ध गराउने भएको छ ।
घर बनाउनुभन्दा अघि हामी कस्तो ठाउँमा घर बनाउने ? कतापट्टी ढोका राख्ने जस्ता विषयहरु प्राथमिकतामा राख्छौं । घर निर्माण गर्दा ईन्जिनियरले त्यो घरलाई कसरी राम्रो र बलियो बनाउने भन्ने कुरामा ध्यान दिन्छन् तर राम्रो र बलियो घर बनाउन एक राम्रो बैंकको पनि महत्वपूर्ण भुमिका रहन्छ ।
कुन बैंकबाट कर्जा लिने ? कस्तो खालको कर्जा लिने ? कति अवधिको कर्जा लिने जस्ता पक्षहरुको अध्ययन अनिवार्य गर्नैपर्छ । घर कहाँ बनाउने र कस्तो बनाउने भन्ने कुरा मानिसको आर्थिक क्षमतामा भर पर्छ । तपाईसँग केही रकम छ, तर त्यति रकमले घर बनाउन सम्भव छैन भनेर रोकिनुभएको छ भने सिद्धार्थ बैंकको ‘सिद्धार्थ हाम्रो घर कर्जा’ बाट उपयुक्त सुविधा प्राप्त गर्न सक्नुहुनेछ । आफूसँग भएको पैसामा बैंकको कर्जा थपेर तपाईँले घरजग्गा जोड्न सक्नुहुन्छ । बैंकको कर्जा भने तपाईँको क्षमता अनुसार प्राप्त गर्न सकिन्छ । कर्जा लिँदा कति कर्जाको किस्ता नियमित तिर्न सकिन्छ भन्ने विषयमा कर्जा लिन चाहने व्यक्तिले नै ध्यान दिन जरुरी हुन्छ ।
सिद्धार्थ बैंकले उपभोक्ताका यिनै सुविधालाई मध्यनजर गदै ‘सिद्धार्थ हाम्रो घर कर्जा’ सुविधा ल्याएको जनाएको छ । ‘सिद्धार्थ हाम्रो घर कर्जा सुविधा’ मा उपभोक्ताले नयाँ घर आफैँ बनाउन, बनेकै घर वा अपार्टमेन्ट किन्न तथा मर्मत सम्भार गर्न वा त्यसमा थप निर्माण गर्न कर्जा सुविधा लिन सक्नेछन् ।
ब्याजदर कस्तो छ ?
बैंकका अनुसार सिद्धार्थ हाम्रो घर कर्जामा २ प्रकारले ब्याजदर निर्धारण गरिनेछ । ग्राहकको इच्छा अनु?प फिक्स्ड रेट (निश्चित व्याजदर) र फ्लोटिङ रेट (परिवर्तनशिल व्याजदर)का आधारमा कर्जा उपलब्ध हुनेछ । फिक्स्ड ब्याजदरमा ११.७५ प्रतिशत तोकिएको छ । सो ब्याजदर ७ वर्षसम्म परिवर्तन हुनेछैन । यस्तो कर्जामा ८४ महिनासम्म बैंकलाई बुझाउनु पर्ने किस्ता रकम समान हुनेछ ।
फ्लटिङ रेट भने बजारको अवस्था अनुसार कर्जाको ब्याजदर घट्बढ हुन सक्नेछ । यस्तो कर्जाको मासिक किस्ता रकम पनि परिवर्तनशिल हुनेछ । बजारको अवस्था हेरेर आधारदर परिवर्तन भएपछि कर्जाको दर पनि निर्धारण गरिने बैंकले जनाएको छ । सो तरिकाबाट कर्जा लिँदा आधारदरमा २ प्रतिशत मात्रै प्रिमियम जोडिने बैंकले जनाएको छ ।
धितो मूल्यांकन
‘सिद्धार्थ हाम्रो घर कर्जा’ सुविधामा तपाईंको आवश्यकता र क्षमता अनुसार बैंकसँग कर्जा माग गर्न सक्नुहुन्छ । बैंकले यो योजनाअनुसार मूल्यांकनको ६० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने जनाएको छ । तपाईले कुनै घर वा जग्गा किन्न लाग्नुभयो भने पहिले बैंकले त्यो घर वा जग्गाको मूल्यांकन गर्छ । बैंकले जग्गाको मूल्यांकन १ करोड रुपैयाँ गर्यो भने ६० लाख रुपैयाँसम्म ऋण दिन्छ ।
यस्तो कर्जाको अवधि ३० वर्षसम्म हुने बैंकले जनाएको छ । बैंकले ऋणीको उमेर ८० वर्षसम्म पुग्दासम्म ऋण चुक्ता गरिसक्नुपर्ने जनाएको छ ।
कसरी लिने ऋण र चाहिने कागजतहरु?
कर्जा लिनका लागि तपाईंले बैंकमा ऋणका लागि निवेदन दिनुपर्ने हुन्छ । निवेदन दिँदा धितो राख्ने घरजग्गाको धनीपुर्जा, नागरिकताको प्रतिलिपी, पासपोर्ट साइजका दुईवटा फोटो, नाता प्रमाणपत्र, आम्दानीको स्रोत खुल्ने कागजात, नक्साको ट्रेस लगायतका कागजात पनि पेश गर्नुपर्छ । त्यस्तै जमानी पनि लैजानुपर्छ । कुनै जग्गा धितोका लागि आएमा बैंकले उक्त जग्गाको ट्रेस नापी कार्यालयबाट मगाउँछ । ट्रेस उपलब्ध भएपछि धितो मूल्यांकनको प्रक्रिया सुरु हुन्छ । धितो मूल्यांकनकर्ता कम्पनी बैंकमा सूचीकृत भएका हुन्छन् । बैंकको सम्पर्कबाट नै धितो मूल्यांकन हुन्छ । त्यसको खर्च पनि कर्जा सुविधा लिने व्यक्तिले नै तिर्नुपर्छ ।
धितो मूल्यांकन प्रतिवेदन मूल्यांकनकर्ताले पेश गरेपछि ऋण स्वीकृतिको प्रक्रियामा जान्छ । ऋण स्वीकृत भएपछि धितो राखिएको घरजग्गा बैंकको नाममा मालपोत कार्यालयबाट रोक्का गर्नुपर्छ । धितो रोक्का भएपछि ऋणीको खातामा बैंकले ऋण रकम उपलब्ध गराउँछ । यसबारे विस्तृत जानकारी भने तपाईंले कुनै पनि बैंकको शाखा कार्यालयबाट लिन सक्नुहुन्छ ।
के के शुल्कहरु लाग्छ ?
प्रशासनिक शुल्क ०.७५ प्रतिशत लाग्छ । १० लाख रुपैयाँको कर्जा लिन चाहनुहुन्छ भने बैंकले प्रशासनिक शुल्कवापत ७ हजार ५ सय रुपैयाँ लिन्छ । घर वा जग्गाको मूल्यांकनका लागि खटिने भ्यालुएटरले लिने सेवा शुल्क पनि ऋणीले नै तिर्नुपर्छ । त्यस्तै मालपोतमा घर वा जग्गा रोक्काका लागि लाग्ने शुल्क ऋणीले तिर्नुपर्छ । कर्जा सूचना केन्द्रमा पनि सामान्य शुल्क लाग्ने गर्छ । सिदार्थ बैंकको यो सुविधा लिन २५० देखि ५०० रुपैयाँसम्म कर्जा सूचना केन्द्रको लागि शुल्क तिर्नुपर्छ ।
सिद्धार्थ बैंकको यस ‘सिद्धार्थ हाम्रो घर कर्जा’ को विस्तृत विवरण बैंकको वेबसाइट वा नजिकैको शाखा कार्यालय वा बैंकद्वारा सञ्चालित ग्राहक सेवा केन्द्र, सिद्धार्थ केयरमा सम्पर्क गरी प्राप्त गर्न सक्नुहुनेछ । साथै, ग्राहकहरुले यो कर्जा लिन “Apply Now” बटन क्लीक गरी फर्म भर्न सक्नुहुनेछ अथवा https://www.siddharthabank.com/products/retail/siddhartha-bank-home-loan मा क्लिक गरेर फर्म भर्न सक्नुहुनेछ । फर्म भरे पश्चात् ग्राहकहरुलाई बैंकको प्रतिनिधिले सम्पर्क गर्नेछन ।



















प्रतिक्रिया