काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले शरणार्थी प्रकरणमा जोडिएका सबैलाई राज्यले कडा सजाय दिनुपर्ने उल्लेख गरेका छन् । पछिल्लो समय नेपालीहरुलाई विश्वमा नै लज्जित हुने गरी मानव तस्करीजस्तो घृणित कार्यमा संम्लग्न रहेका नेता प्रशासकलाई कडा कारबाही गर्नुपर्ने कोइरालाको माग रहेको छ ।
नेपालमा हाइ प्रोफाइलमा रहेको गृहमन्त्री बालकृष्ण खाँड, टोपबहादुर रायमाझी, प्रेमकुमार राईजस्ता व्यक्तिहरुलाई प्रहरीले भूटानी शरणार्थी प्रकरणमा दोषि ठहर गरिसकेको छ। अन्य धेरै नेता तथा प्रशासक यस काण्डमा पक्राउ पर्नसक्ने आंकलन अझै छ ।
कोइरालाले यसै सनदर्भलाई उद्धृत गर्दै फेसबुकमा लेखेका छन्, ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले बिश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं ।
तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडा भन्दा कडा सजाय दिनुपर्दछ।
यो देशको शासक र प्रशासकप्रति आम नागरिकको चरम अविश्वास बढदो छ, यसले हामीले दशकौ संघर्ष गरेर ल्याएको लोकतन्त्र र संविधानलाई असुरक्षित पारेको छ।
अब समय आएको छ भ्रष्टाचार विरूद्ध आम नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको थालनी गर्ने र नेपाललाई भ्रष्टाचारको जालोवाट उन्मुक्ति दिने।’
प्रतिक्रिया