Logo

अर्थ

नेप्सेमा १६.९६ अंककाे गिरावट



काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्सेमा १६.९६ अंकले घटेर १८२१.६४ बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन ३.५२ अंकले घटेर ३४९.५९ बिन्दुमा पुगेको छ ।

कारोबार अवधिभर २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर किनबेच भएको छ । यसदिन ९० करोड ५६ लाख बराबरको कारोबार भएको छ ।

कुल १३ उपसमुहमध्ये एक वटा सूचक बढेको छ । बाँकी १२ वटा सूचकमा रातो पोतिएको छ । आज कारोबार भएका कम्पनीमध्ये ४० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १६९ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ९ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ७२७.१० रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको सेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यसैगरी, कारोबारको आधारमा आज सबैभन्दा बढी सिटिजन्स इन्भेष्टमेन्ट ट्रष्टको भएको छ । यस कम्पनीको आज पाँच करोड ३५ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८०, आईतवार १६:०८   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।