Logo

प्रमुख समाचार

रायमाझीलाई आज अदालत उपस्थित गराइने



नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सचिव तथा पूर्वमन्त्री टोपबहादुर रायमाझीलाई आज अदालत उपस्थित गराईँदै छ।

प्रहरीको विशेष टोलीले उनलाई आइतवार राति काठमाडौंको बुढानीलकण्ठबाट पक्राउ गरेको थियाे।

पक्राउपछि उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकुमा राखिएको छ।

आज अदालत खुलेपछि रायमाझीलाई म्याद थपका लागि लगिने परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) सिताराम रिजालले जानकारी दिएका छन्।

पक्राउपछि आइतवार राति नै उनको स्वास्थ्य परीक्षण गराइएको छ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा रायमाझी र उनका छोरा सन्दीप रायमाझीविरूद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो। त्यतिबेला उनी गृहजिल्ला अर्घाखाँचीको एक कार्यक्रममा थिए।

आफूविरूद्ध पक्राउ पुर्जी जारी भएपछि प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई काठमाडौं आउने जानकारी गराएर रायमाझी सम्पर्कविहीन भएका थिए। उनका छोरा सन्दीप पक्राउ परिसकेका छन्।

प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार  ९ : ०५ बजे

132
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।