काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ११ हजार रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार ४५० रुपैयाँ कायम भएको छ ।
हिजो सुनको मूल्य स्थिर रहेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख १० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर नै रहँदै तोलाका १ हजार ३७५ रुपैयाँ कायम भएको छ । हिजो पनि मूल्य स्थिर रहँदै चाँदी तोलाको १ हजार ३७५ रुपैयाँमै किनबेच भएको थियो ।
प्रतिक्रिया