काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई प्रहरीले सरकारी वकिलको कार्यालयमा लगेको छ ।
म्याद थपका लागि अदालतमा जानुअघि रायमाझीलाई सरकारी वकिलको कार्यालमा लगिएको हो । आइतबार राति बुढानीलकण्ठको पासिकोटमा आफन्तको घरमा आश्रय लिइरहेको अवस्थामा उनलाई पक्राउ गरिएको थियो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि रायमाझीविरुद्ध वैशाख २० गते पक्राउ पुर्जी जारी भएको थियो । अदालतले म्याद दिएपछि रायमाझीमाथि प्रहरीले थप अनुसन्धान गर्नेछ ।




















प्रतिक्रिया