काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाएका छन् ।
रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरेको हो । आइतबार साँझ प्रहरीले बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको थियो ।
मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन् । कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधिसभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ ।




















प्रतिक्रिया