Logo

प्रमुख समाचार

टोपबहादुर रायमाझी पक्राउ परेको सूचना सभामुखद्धारा प्रतिनिधिसभालाई जानकारी



काठमाडौं । सभामुख देवराज घिमिरेले सांसद टोपबहादुर रायमाझी पक्राउ परेको सूचना प्रतिनिधिसभा बैठकमा सुनाएका छन् ।

रायमाझीलाई नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा संलग्न भएको आशंकामा अनुसन्धानका लागि पक्राउ गरेको हो । आइतबार साँझ प्रहरीले बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको थियो ।

मंसिरमा भएको निर्वाचनमा रायमाझी अर्घाखाँचीबाट निर्वाचित भएका हुन् । कुनै पनि सांसदलाई नियन्त्रणमा लिएको जानकारी प्रहरीले प्रतिनिधिसभामा जानकारी दिएपछि सभामुखले निलम्बन गर्ने प्रावधान छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार १६:२६   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।