Logo

अर्थ

नेप्सेमा सामान्य अंकको गिरावट



काठमाडौं । आज सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्सेमा ३.३४ अंकले घटेर १८१८.३१ बिन्दुमा कारोबार बन्द भएको छ ।

त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन ०.५७ अंकले घटेर ३४९.०१ बिन्दुमा पुगेको छ । कारोबार अवधिभर २६६ कम्पनीको २३ लाख ४१ हजार २४० कित्ता सेयर किनबेच भएको छ । यसदिन ७२ करोड ४९ लाख बराबरको कारोबार भएको छ।

कुल १३ उपसमुहमध्ये ४ वटा सूचकमा हरियाली छाएको छ । बाँकी ९ वटा सूचकमा रातो पोतिएको छ। आज कारोबार भएका कम्पनीमध्ये ९६ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १०४ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १९ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।

आज एनआईबीएल ग्रोथ फण्डको शेयरमूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ८.३४ रुपैयाँ पुगेको छ ।

नेप्सेका अनुसार सगरमाथा लुम्बिनी इन्स्यारेन्सका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

त्यसैगरी, कारोबारको आधारमा आज सबैभन्दा बढी एनआईसी एशिया बैंक भएको छ । यस कम्पनीको आज तीन करोड ४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित मिति : जेष्ठ १, २०८० सोमबार  ४ : ५६ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।