Logo

प्रमुख समाचार

गृहमन्त्री र उपप्रधानमन्त्री भएकाहरु चिसो छिँडीमा रुँदै बसेका छन् : विप्लव



नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले संसदीय व्यवस्थाका कारण भ्रष्टाचार र भ्रष्टाचारीहरू बढ्दै गएको बताएका छन ।

आज (सोमबार) ५९ औं विद्यार्थी दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । महासचिव विप्लवले संसदीय व्यवस्थामा असल मानिसपनि सिंङ पुच्छर उमारेर निस्कने गरेको बताएका छन ।

उनले भने, ‘जनयुद्ध र १९ दिने जनआन्दोलनमा जीवनको दाउ थापेर लड्नेहरु के हो यो ? किन उनीहरु नेपाली जनताअगाडि टिक्न सक्दैनन् ? यो भनेको दलाल पुँजीवादी सत्ताको समस्या हो’, महासचिव विप्लवले भुटानी शरणार्थी प्रकरणमा ठुला दलका ठुला नेता नै मुछिएकोप्रति आक्रोश व्यक्त गरे ।

हिजोसम्म गृहमन्त्री र उपप्रधानमन्त्री भएर देशको नेतृत्व गरेका मान्छेहरु आज करौडौको खेलमा भ्रष्टाचारमा जाकिएका छन् । उनीहरु आज जेलको चिसो छिँडीमा रुँदै बस्नुपरेको छ’ ।

उनले अहिले सामन्तवाद परास्त भएपनि साम्राज्यवादविरुद्ध संघर्ष गर्नुपर्ने अवस्था रहेको बताएका छन । उनले भने,‘अहिले सामन्तवाद परास्त भएको छ । तर साम्राज्यवादीहरुको हस्तक्षेप छ ।

हामीलाई उनीहरु मान्छे होइन, दास बनाउन चाहन्छन् । यो लडाइँमा युवा विद्यार्थीले कुन बाटो लिने कता जाने ? यो ९० लाख विद्यार्थीको भविष्यको कुरा छ’ ।

प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार  १० : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।