Logo

प्रमुख समाचार

कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न सक्दैनन् : राजेन्द्र लिङ्देन



राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र कम्युनिस्टको विकल्प राप्रपाबाहेक अरु बन्न नसक्ने बताएका छन् ।

आज (सोमबार) देखि सुरु भएको पार्टी केन्द्रीय कार्यसमिति बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले जनताले वर्तमान नेतृत्वको विकल्प खोजेको र त्यो राप्रपा भएको बताएका छन् । तर कांग्रेस र कम्युनिस्टले अवलम्बन गरेको वैचारिक मार्गचित्रको विकल्प राप्रपाले अवलम्बन गरेको निरन्तरता सहितको परिर्वतन नभएको दाबी गर्दै उनले प्रतिवेदनमा भनेका छन्, ‘कम्युनिष्ट र कांग्रेसको वैचारिक मार्गचित्रको विकल्प देशलाई आवश्यक छ र त्यसको नेतृत्व राप्रपाले मात्र गर्न सक्छ, यो वास्तविकता हो, धरातलीय यथार्थ हो ।’

उनले वैचारिक र व्यवहारिक दुबै दृष्टिले राप्रपाबाहेक अरू कुनै पार्टी कांग्रेस र कम्युनिस्टको विकल्प बन्न सक्ने सम्भावना नै नभएको बताएका छन् ।

उनले देश र राजनीति दुई कित्तामा बाँडिएको दाबी गर्दै बेथितिको निरन्तरतामा रमाउने ठूला तथा पुराना दल र अवस्था मात्र बदल्ने नयाँ दलका अवधारणा निकास र निराकरणका लागि पर्याप्त नभएको बताएका छन् ।

‘देशको सबैभन्दा जेठोदेखि सबैभन्दा कान्छा दल एकै कित्तामा उभिएका छन्, यथास्थितिको निरन्तरताका पक्षधर बनेका छन्’ उनको दाबी छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार ०७:५५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।