Logo

अर्थ

नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीले पायो नम्बर प्लेट



काठमाडौं । नेपालको पहिलो विद्युतीय मोटरसाइकल यात्रीले नम्बर प्लेट पाएको छ । नेपालमा उत्पादन हुने सवारीसाधन दर्ताको बाटो खुलेसँगै विद्युतीय ‘यात्री मोटरसाइकलले  उत्पादन गरेको पि–१ विद्युतीय मोटरसाइकल यातायात व्यवस्था कार्यालय गुर्जुधारामा दर्ता भएको हो।

दर्ता भएको पि–१ मोटरसाइकलले ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५०झ नम्बर प्लेट प्राप्त गरेको छ। दर्ता भएसँगै पि–१ नेपालमा पूर्णरूपमा उत्पादन भएको सवारीसाधन बनेको छ।सवारी तथा यातायात व्यवस्था ऐन, २०६० को संशोधन तथा नयाँ व्यवस्था थप गरेसँगै यात्रीले पहिलोपटक नम्बर प्लेट पाएको हो । सोमबार जेठ १ गते यात्री डिजाइन स्टुडियो प्रा.लि.को नाममा पहिलो नम्बर प्लेट ‘बागमती प्रदेश ०२९०४३ प ८६५० जारी भएको छ । बागमती प्रदेश यातायात कार्यालय गुर्जुधाराबाट यात्रीका लागि पहिलो नम्बर प्लेट जारी भएको हो ।

मोटरसाइकल दर्तापछि खुसी व्यक्त गर्दै यात्री कम्पनीले सामाजिक सञ्जाल फेसबुकमा लेखेको छ, ‘गत वर्ष आज हामीले हाम्रो विशेष सिरिज प्रयोगकर्तालाई हाम्रो पहिलो पि–१ डेलिभर गर्यौं र आज एक वर्षपछि हामीले पहिलो मेड इन नेपाल गाडी दर्ता गरेका छौं। यात्रीले यो सफलता दिलाउन सहयोग गर्ने सबैप्रति आभारसमेत व्यक्त गरेको छ।

यसअघि नेपालमा उत्पादन हुँदै आएको यात्री मोटरसाइकललाई दर्ता गर्न अनावश्यक झमेला दिएको भन्दै कारखाना बन्द भएको कुरालाई लिएर समाजसेवी महाविर पुनले आन्दोलनै गरेका थिए । उक्त आन्दोलनपछि प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा उत्पादित सवारीसाधन दर्ता गर्ने वातावरण मिलाउन निर्देशन दिएका थिए।नम्बर प्लेट नपाउदा यात्री मोटरसाइकलले आधिकारिकता पाएको थिएन भने सडकमा ट्राफिक प्रहरीबाट हैरानी खेप्नुपरिरहेको थियो ।

प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार  २ : ०९ बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।