Logo

अर्थ

जीडीपीमा बागमती प्रदेशको सबैभन्दा बढी १९ खर्ब ८१ अर्ब योगदान



काठमाडौं । चालू आर्थिक वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा बागमती प्रदेशसको योगदान सबैभन्दा धेरै रहेको देखिएको छ । मंगलबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको जीडीपीमा प्रदेशहरुको योगदान अनुमानित तथ्यांकमा अन्य प्रदेशहरुभन्दा संघीय राजनधानी रहेको बागमती प्रदेश अघि देखिएको हो ।

तथ्यांक अनुसार बागमती प्रदेशबाट १९ खर्ब ८१ अर्ब (३७ प्रतिशत) र सबैभन्दा कम कर्णाली प्रदेशको जम्मा २ खर्ब २१ अर्ब रुपैयाँ रहने कार्यालयको अनुमान छ । तथ्यांक कार्यालयले चालू आर्थिक वर्षको कूल जीडीपी ५३ खर्ब ८१ अर्ब रुपैयाँ रहने अनुमान गरेको छ ।

सो मध्य कोशी प्रदेशको योगदान ८ खर्ब ४९ अर्ब (१६ प्रतिशत), लुम्बिनी प्रदेशको ७ खर्ब ६२ अर्ब (१४.२ प्रतिशत), मधेस प्रदेशको ७ खर्ब ७ अर्ब (१३.१ प्रतिशत), गण्डकी प्रदेशको ४ खर्ब ८२ अर्ब (९ प्रतिशत) र सुदूरपश्चिम प्रदेशको ३ खर्ब ७६ अर्ब रुपैयाँ बराबरको योगदान रहने कार्यालयको अनुमान छ ।

प्रकाशित मिति : जेष्ठ २, २०८० मंगलबार  ५ : ०१ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।