Logo

प्रमुख समाचार

नक्कली शरणार्थी प्रकरण : पूर्वसांसद आङ्टावालाई २ दिन हिरासतमा राख्न अनुमति



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्ररकणमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसभासद आङ्टावा शेर्पालाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । यो प्ररकणमा तानिएपछि शेर्पाले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका थिए ।

मंगलबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । अदालतले शेर्पालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए ।

शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङ्टावाले हिरासतमा पुगेर भेट गरेका थिए । कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका शेर्पा २०७० मा रामेछाप–१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलवार १९:२०   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।