काठमाडौं । नक्कली भुटानी शरणार्थी प्ररकणमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका नेपाली कांग्रेसका पूर्वसभासद आङ्टावा शेर्पालाई दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । यो प्ररकणमा तानिएपछि शेर्पाले सोमबार साँझ जिल्ला प्रहरी परिसर काठमाडौंमा आत्मसमर्पण गरेका थिए ।
मंगलबार प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको थियो । अदालतले शेर्पालाई २ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दान बहादुर कार्कीले जानकारी दिए ।
शरणार्थी प्रकरणमा थुनामा रहेका केशव दुलाल र सानु भण्डारीसँग आङ्टावाले हिरासतमा पुगेर भेट गरेका थिए । कांग्रेसको महाधिवेशन प्रतिनिधिसमेत रहेका शेर्पा २०७० मा रामेछाप–१ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।




















प्रतिक्रिया