काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको हो ।
यस दिन छापावाल सुन तोलाको एक लाख नौ हजार ७ सय र तेजाबी सुन तोलाको एक लाख नौ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ३७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया