काठमाडौं । सरकारले चार पाङ्ग्रे सवारी किन्दा स्थायी लेखा नम्बर प्यान कार्ड अनिवार्य गरेको छ ।
आन्तरिक राजस्व विभागले यातायात व्यवस्था विभागलाई पत्र पठाउँदै प्यान नम्बर उल्लेख नगरेमा गाडीको नामसारीको प्रक्रिया अगाडि नबढाउन भनेसँगै अब प्यान कार्ड पेश नगरी चार पाङ्ग्रे सवारी किन्न नपाइने भएको हो । आन्तरिक राजस्व विभागले गाडी बिक्रेताहरुको संगठन नाडा अटोमोबाइल एसोसियसन अफ नेपाललाई समेत पत्र पठाउँदै प्यान कार्ड नलिएका व्यक्तिलाई गाडी नबेच्न आदेश दिएको छ ।अवैध सम्पत्ती आर्जन गर्नेहरुले गाडी खरिदमा लगानी गरेको हुनसक्ने र यसलाई निरुत्साहन गर्न भन्दै आन्तरिक राजश्व विभागले प्यान कार्ड अनिवार्य गर्नेे निर्देशन दिएको जनाएको छ ।
विभागले आफू मातहतका ४३ वटा आन्तरिक राजस्व कार्यालयलाई समेत पत्राचार गरेर प्यान कार्ड नभएकाहरुले गाडी खरिद गरे र प्यान नभएकालाई गाडी बिक्री गरे बिक्रि गर्ने र खरिद गर्ने दूबैलाई कारबाही गर्न निर्देशन दिएको छ ।
प्रतिक्रिया