Logo

अर्थ

शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील : प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन सरकार प्रयत्नशील रहेको छ । बिहीबारको प्रतिनिधिसभामा सांसदहरुको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै उनले अर्थतन्त्रलाई सुधार गर्न वित्तीय तथा मौद्रिक कार्यक्रमलाई सुधार गर्ने बताए ।

यस्तै विदेशी लगानीलाई प्रोत्साहित गर्ने, सरकारी खर्चमा मितव्यायीता र फजुल खर्चको नियन्त्रणमा सरकार गम्भीर रहेको प्रधानमन्त्रीले बताए । उनले राजस्व चुहावट रोक्ने र अवैध कारोबार रोक्न कडाइ गर्ने पनि बताएका छन् ।

प्रकाशित मिति : जेष्ठ ४, २०८० बिहीबार  १ : २२ बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।