काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज ३२.३० अंकले बढेकाे छ । नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ बिन्दुमा पुगेको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.२३ अंकले बढेर ३५८.१८ बिन्दुमा पुगेको छ ।
कारोबार अवधिभर २६४ कम्पनीको ४४ लाख २२ हजार १८६ कित्ता सेयर किनबेच भएको छ । यसदिन एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँको कारोबार भएको छ ।
कुल १३ वटै उपसमूहको सेयर मूल्यमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने ११ वटा कम्पनीको सेयरमूल्य घटेको छ । ४ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।




















प्रतिक्रिया