धनगढी । सुदूरपश्चिम प्रदेशमा आज मन्त्रीमण्डल आज विस्तार हुने भएको छ । मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले आज (शुक्रबार) विस्तार हुने बताएका हुन् ।
प्रदेश सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहले आज सरकारलाई पूर्णता दिइने बताएका हुन् ।
नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा ३ जनाको नाम मन्त्रीको लागि नाम टुंग्याएको छ । संसदीय दलका नेता खगराज भट्टका अनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुंग्याइएको हो । उनीहरुको आज नै शपथ ग्रहण गर्ने तयारी गरिएको मुख्यमन्त्री शाहले जानकारी दिए ।
रेशम चौधरीको आजीवन कारबासको सजाय सर्वोच्च अदालतले सदर गरेपछि नागरिक उन्मुक्ति पार्टी ९नाउपा०ले आन्दोलनका कार्यक्रम घोषणा गरेका कारण सरकारमा सहभागी हुँदैन कि भन्ने जिज्ञासामा शाहले आफू नाउपा सरकारमा सहभागी हुनेमा विश्वस्त रहेको पनि बताए ।
सरकार प्रणाली सुधार गर्नमा केन्द्रित भएको र विकासको प्रत्याभूति दिलाउन क्रियाशील रहेको बताएका शाहले पहिलो चौमासिकमा १४ प्रतिशतमा न्यून रहेको बजेट खर्चको दर बढाएर ३३ प्रतिशत पुगाइएको उल्लेख गरे ।
प्रतिक्रिया