Logo

अर्थ

घट्यो सुनको मूल्य



काठमाडौं । आज (शुक्रबार) पनि सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँ कायम भएको छ ।

हिजो बिहीबार पनि सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

आज पनि चाँदीको मूल्य स्थिर रहँदै तोलाको १ हजार ३७० रुपैयाँ नै कायम भएको छ । हिजो पनि मूल्य स्थिर रहँदै चाँदी १ हजार ३७० रुपैयाँमै कारोबार भएको थियो ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ११ : ३६ बजे

411
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।