Logo

अर्थ

सरकारले पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने



काठमाडौं । सरकारले पुँजी पलायनलाई कडाइका साथ नियन्त्रण गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । ‘हुन्डीलगायत अवैध कारोबारलाई कडाइका साथ नियन्त्रण गरिनेछ,’ राष्ट्रपति पौडेलले बताए ।

विभिन्न कारण र माध्यमबाट नेपालबाट विदेशमा पुँजी पलायन भएको विश्लेषण भइरहेको बेला सरकारले नीति तथा कार्यक्रममा पुँजी पलायनलाई नियन्त्रण गर्ने नीति ल्याएको हो ।

आन्तरिक अर्थतन्त्र मन्दीमा रहेको बेला आयात बढ्नुको कारणलाई केहीले पुँजी पलायनका रूपमा विश्लेषण गरिरहेका छन् ।

प्रकाशित मिति : जेष्ठ ५, २०८० शुक्रबार  ४ : ४५ बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।