Logo

प्रमुख समाचार

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार, माओवादीबाट तीन र कांग्रेसबाट एक मन्त्री थपिए



धनगढी । सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिषद् विस्ता भएको छ । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले शनिबार दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री शाहले माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित तीन जना र नेपाली कांग्रेसबाट एक जना गरी चार मन्त्री थपेका छन् ।

माओवादीबाट झपटबहादुर साउँद सामाजिक विकास, रमेशबहादुर धामी उद्योग पर्यटन वन तथा वातावरण र गीतादेवी माल उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री नियुक्त भएकी छन् । कांग्रेसका पृथ्वीबहादुर सिंह आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन् । भागबण्डा नमिलेपछि नागरिक उन्मुक्ति पार्टीले भने सरकारमा गएन ।

मुख्यमन्त्री शाहले यसअघि भौतिक पूर्वाधार विकासमा कांग्रेसका प्रकाश देउवा र आर्थिक मामिलामा एकीकृत समाजवादीका नरेश कुमार शाहीलाई मन्त्री बनाएका थिए । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भने अझै मन्त्री पाउन सकेको छैन ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सात मन्त्रालय रहेको सुदूरपश्चिम सरकारमा कांग्रेसबाट मुख्यमन्त्रीसहित तीन जना, माओवादी केन्द्रबाट एक राज्यमन्त्रीसहित तीन जना र एकीकृत समाजवादीबाट एक जना मन्त्री भएका छन् ।

प्रकाशित मिति : जेष्ठ ६, २०८० शनिबार  ५ : ३६ बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।