काठमाडौं । साताको पहिलो कारोबारकाे दिन (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ५०० रुपैयाँ कायम भएको छ ।
गत शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेर १ हजार ३८५ रुपैयाँ कायम भएको छ । गत शुक्रबार स्थिर रहेकाे चाँदीकाे मूल्य १ हजार ३७० रुपैयाँमा किनबेच भएको थियो ।




















प्रतिक्रिया