Logo

अर्थ

यस्तो नीति–कार्यक्रमलाई छक्का हानेर ‘रिङआउट’ गरिदिनुपर्छ : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कुनै हालतमा पारित गर्न नहुने बताएका छन् । प्रतिनिधिसभामा आइतबारबाट सुरु भएको नीति कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले यसलाई पारित नगर्न अन्यत दल तथा स्वतन्त्र सांसदहरुलाई पनि आग्रह गरे ।

‘यो नीति तथा र्काक्रमको सुरु कहाँ हो, अन्त्य कहाँ हो । दुई वर्ष पछि यो गर्छौं भन्या छ अनि त्यसअघि एक वर्ष के गर्ने ? त्यो छैन’, उनले भने, ‘जनताका समस्या र अर्थतन्त्रलाई सम्हालेर लाने केही कुरा यहाँ छैन । यसले केही गर्नेवाला छैन । त्यसैले यसलाई सथर्मन गर्न सकिँदैन । यसलाई कसैले पनि समर्थन नगर्नुस् ।’

नीति कार्यक्रम देशलाई बाटो देखाउने खालको नरहेको र देश र जनतालाई समस्याबाट उम्काउने किसिमको नरहेकोले पारित गर्न नहुने बताए । ‘यसलाई बोकेर जानुको कुनै औचित्य छैन । प्रधानमन्त्री ज्यूलाई म भन्न चाहन्छु यसलाई फिर्ता लिनुस्’, उनले भने, ‘होइन भने यसलाई छक्का हानेर रिङ आउट गर्दिनुपर्छ ।’

ओलीले ‘नेपाली कांग्रेसको यस्तै कार्यक्रमबाट अगाडि जान्छ ?’ भन्दै प्रश्न पनि गरेका छन् । ‘यस्तै कार्यक्रमबाट नेपाली कांग्रेस अगाडि जान्छ ? देशप्रतिको उत्तदायित्व छैन ? कि दुई चार जना मन्त्री भए पुग्यो कांग्रेसलाई ?’, उनले भने, ‘कुनै हालतमा यो नीति तथा कार्यक्रमलाई समर्थन नगरौं ।’

 

  • याे पनि…

शरणार्थी प्रकरणबारे ओलीकाे टिप्पणी : ‘भूइँचालो आफै आको हो, मैले ल्याएँ भन्नु बेकार छ’

सरकारलाई ओलीको आग्रह– ‘नीति तथा कार्यक्रम फिर्ता लिनुस्, पुर्नलेखन गर्नुस्’

नीति-कार्यक्रमले सदन र जनतालाई देशको यथार्थ जानकारी गराउने आँट गरेन : ओली

नीति तथा कार्यक्रममाथि ओलीको टिप्पणी : उद्देश्यहीन, गन्तव्यहीन र मार्गचित्रहीन

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आईतवार १४:०५   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।