Logo

प्रमुख समाचार

बालकृष्ण खाणलाई भेट्न हिरासतमै पुगिन् मञ्जु खाण



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका आफ्ना श्रीमान् बालकृष्ण खाणलाई भेट्न मञ्जु खाण हिरासतमै पुगेकी छन् । सांसदसमे रहेकी उनले जिल्ला प्रहरी कार्यालयको हिरासतमा पति खाणसँग भेटघाट गरेकी हुन् ।

मञ्जु सोमबार बिहान टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन् । नक्कली शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस नेता खाण वैशाख २७ चावहिलस्थिति निवासबाटै पक्राउ परेका थिए ।

यो प्रकरणमा मञ्जुमाथि समेत अपुष्ट आरोप लागेपनि उनी पक्राउ परेकी छैनन् । मञ्जु जेठ ४ गते प्रतिनिधिसभाको बैठकमा समेत उपस्थित भएकी थिइन् ।

प्रहरीले आज सरकारी वकिलको कार्यालयमा शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहेको बेला मञ्जु आफ्ना पति खाणलाई भेट्न पुगेकी हुनु । शरणार्थी प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार ११:०३   :  बजे

237
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।