Logo

राजनीति

व्यक्तिवाद, आफैलाई सर्वज्ञानी ठानेर अरुको अवमूल्यन गर्ने प्रवृत्ति हाम्रो ठूलो कमजाेरी : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव नेपालले देशको रुपान्तरणका लागि अहिलेकै राजनीतिक दलहरुले अग्रसरता लिन आवश्यक रहेको बताएका छन् । आगामी आर्थिक वर्षका लागि संसदमा प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले देशका विभिन्न चुनौतीको सामना सबै राजनीतिक दल एक भएर गर्नुपर्ने धारणा राखे ।

‘देशलाई कसरी रपान्तरण गर्ने काम भन्ने चूनौती हामीसामू छ । यो काम हामीले नै गर्ने हो । यो देशको विकास हामीले नै गर्ने हो’, नेपालले भने, ‘यसका लागि अहिलेकै राजनीतिक दलहरुले यो जिम्मेवारी पूरा गर्नुपर्छ । अग्रसरता लिनुपर्छ । एउटाको प्रयासले मात्रै यो सम्भव छैन ।’

अध्यक्ष नेपालले सदनमा रहेका व्यक्तिहरुको बौद्धिकता तथा अनुभवलाई संगाल्न मात्र सकिए देश बनाउन बेर नलाग्नेब बताए । ‘यो सदनमा त सबै पूर्व प्रधानमन्त्री मन्त्रीहरु र बौद्धिक व्यक्ति पनि छौं । जनताको सेवामा समर्पित अभियान्ता, योद्धा सबै छौं’, उनले भने, ‘यी सबै व्यक्तित्वको ज्ञान, बुद्धि र अनुभवलाई संगालने हो भने देश बनाउन सक्छौं ।’

अध्यक्ष नेपालले देश बनाउन एकअर्काविरुद्ध घोचपेच भनई सहकार्यको आवश्यकता रहेको औंल्याए । ‘देश बनाउन हामीबीच सहकार्यको आवश्यकता छ’, उनले भने, ‘घोचपेच गरेर मात्र हुँदैन ।’

नेकपा एमालेप्रति इंगित गर्दै नेपालले अरुलाई सत्तोसराप गरेर मात्र नहुने भन्दै आफ्नो कमजोरीको आत्मसमीक्ष गर्न जरुरी रहेको पनि बताए । ‘सरकारमा किन बसिरहन सकिएन । त्यो हेर्नुपर्छ । अरुलाई सत्तोसराप गरेर मात्र हुँदैन’, उनले भने, ‘बनिसकेको आफ्नै हातको सरकार किन फुत्कियो त्यसको निम्ति अरुलाई सरापेर मात्र हुँदैन ।’

नेपालले आफू व्यक्तिवाद, आफूलाई सर्वज्ञानी ठान्ने र अरुलाई अवमूल्यन गर्ने प्रवृत्ति ठूलो कमजारी भएको बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १२:१२   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।