Logo

अर्थ

नीति तथा कार्यक्रम कन्फ्युजनको सञ्जाल : राजकिशोर यादव



काठमाडौं । सांसद राजकिशोर यादवले नीति तथा कार्यक्रम आफैंमा कन्फ्युजनको सञ्जाल भएको टिप्पणी गरेका छन् । जनता समाजवादी पार्टी (जसपा)का सांसद यादवले सोमबार नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा संसदमा बोल्दै यादवले नीति तथा कार्यक्रमले अहिलेको यथार्थलाई सम्बोधन गर्न नसकेको बताए ।

‘आजको यथार्थ के भन्नेमा स्पष्ट हुनुपर्छ । समस्याहरु के–के हुन् भन्नेमा उपचार गर्न लाग्नुपर्छ । यहीँबाट हामीले यात्रा तय गर्न सक्नुपर्छ’ यादवले भने, ‘पोलिसीमा डिपाचार नगर्ने, कामहरु टालटुल पाराले गर्ने, अनि नयाँ नेपाल बनाउँछु भनेर गफ गरेर हुँदैन ।’ अहिलेको विश्व अर्थराजनीतिमा देखा परेका समस्या समाधान गर्न सबै सचेत हुनुपर्ने यादवले बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १५:०७   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।