Logo

प्रमुख समाचार

योगेश भट्टराईमाथि सांसद सापकोटाकाे कटाक्ष : ‘बा’लाई खुसी पार्न निष्ठा बन्दकी राख्ने ‘बैगुनी कमरेड’



काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रमुख प्रतिपक्ष दलका एमाले सचिव एवं सांसद योगेश भट्टराई माथि कटाक्ष गरेका छन् । सोमबार प्रतिनिधिसभामा अगामी आर्थिक वर्षको नीति तथा कार्यममाथिको छलफलमा सहभागी हुँदै सांसद सापकोटाले भट्टराई अभिव्यक्तिलाई लिएर कटाक्ष गरेका हुन् ।

छलफलमा सहभागी हुने क्रममा भट्टराईले जनयुद्धमाथि प्रश्न उठाएपछि माओवादी सांसद सापकोटाले ‘बा’लाई खुसी पार्न निष्ठा नै बन्दकी राखेर व्यांग्य गरेको टिप्पणी गरे । ‘बालाई खुसी पार्न आफ्नो निष्ठा बन्दकी राखेर ब्यांग्य गर्ने बैगुनी कमरेडलाई म भन्छु जनयुद्ध महान क्रान्ति थियो’, उनले भने, ‘म गर्वका साथ भन्न चाहन्छु जनयुद्ध जिन्दावाद !

ओलीले नीति तथा कार्यक्रम फिर्ता लिएर पुर्नलेखन गर्न भनेपछि आफूले तत्कालीन ओली नेतृत्वको सरकारको नीति कार्यक्रम पनि हेरेको बताए । त्यसलाई अहिलेको नीति कार्यक्रमसँग तुलना गरेको भन्दै ओलीले विरोधका लागि मात्र विरोध गरेको बताए ।

यसअघि भट्टराईले जनयुद्ध शब्द स्वीकार गरेको भन्दै कांग्रेसको आलोचना गरे । उनले ‘कांग्रेसको अन्त्य’ हुन लागेको पनि घोषणा गरे । ‘आज मेरा केही प्रश्न नेपाली कांग्रेसप्रति छ । सम्बोधन (नीति तथा कार्यक्रम) को पहिलो नम्बर बुँदामा हाम्रो असहमति छ । यहाँ विगतमा भएका आन्दोलनहरूको व्याख्या गर्दै जनयुद्ध भन्ने शब्द पनि उच्चारण भएको छ । यो विषयमा संविधानसभामा पर्याप्त बहस भएको हो । २०७२ सालको संविधानपछि नेपालका कुनै पनि सरकारी दस्तावेजहरूमा यो शब्द उल्लेख भएको छैन । पहिलोपटक प्रधानमन्त्री पुष्पकमल दाहालजीले यो शब्द राष्ट्रपतिको मुखबाट वाचन गर्न लगाउनुभएको छ,’ उनले भने ।

सांसद भट्टराईले बीपी, गणेशमान, किसुनजी, गिरिजाप्रसाद जस्ता व्यत्तित्व पछिको कांग्रेस ’निम्छरो’ भएर उक्त शब्द स्विकार्न पुगेको बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार १५:५२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।