काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुनसिंह केसी आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको नीति तथा कार्यक्रम आशावादी दस्तावेज भएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै उनले कार्यान्वयनको पक्ष भने चुनौतीको विषय भएको बताए ।
‘यो आशावादी दस्तावेज हो । सपना हुनु राम्रो हो । यसैबाट यर्थाततिर गाइड गर्छ’, उनले भने, ‘तर कार्यान्वयन कसरी हुन्छ यो चिन्ता र चासको विषय हो ।’
सांसद केसीले नीति तथा कार्यक्रमको कार्यान्वयनमा नै यसको भविष्य निर्धारित हुने बताए । उनले सरकारले दुरदृष्टिका हिसाबले १५ वर्षसम्मको कार्यक्रम पनि ल्याउन सक्ने बताए ।
‘यहाँ कतिपयले ५ वर्षको कार्यक्रम आयो भनेर पनि भनियो । तर सरकारले ५ वर्षको मात्र होइन, दुरदृष्टिको हिसाबले १५ वर्षको लागि पनि कार्यक्रम ल्याउन सक्छ । तर यही संयन्त्र, दृष्टिकोण र विचार लिएर कसरी कार्यान्वयन गर्न सक्छौं त्यतातिर ध्यान दिनुपर्छ ।’




















प्रतिक्रिया