Logo

अर्थ

जनयुद्धप्रति वितृष्णा सुनियो, १२ बुँदे र शान्ति प्रक्रियालाई नबिर्सौं : हितराज पाण्डे



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले ‘जनयुद्ध’लाई नेकपा कालमा एमालेले स्वीकार गरेको भन्दै त्यसबेला लेखिएका कुरा पढ्न सुझाव दिएका छन् । मंगलबार नीति तथा कार्यक्रमाथिको छलफलमा सहभागी हुँदै सांसद पाण्डेले विस्तृत शान्ति सम्झौताका बेला भएका १२ बुँदे नबिर्सन पनि आग्रह गरे ।

एमाले सांसद गोकुल बास्कोटाको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सांसद पाण्डेले भने, ‘जनयुद्धप्रति, विभिन्न राजनीतिक संघर्षप्रतिको वितृष्णा यहाँ सुनियो’, उनले भने, ‘यसमा म सोध्न चाहन्छु– हामीले नेकपा बनायौं, राजनीतिक प्रतिवेदन लेख्यौं, त्यसमा जनयुद्धबारे के कुरा स्वीकार गरिएको छ ? के लेखिएको छ पढ्नुस् । हामीले १२ बुँदे र शान्ति प्रक्रियालाइलाई बिर्सनु हुँदैन ।’

पाण्डेभन्दा अगाडि बोलेका एमाले सांसद बास्कोटाले कांग्रेसको आर्थिक नीति, माओवादीकाे कथित जनयुद्धको राजनीतिको कन्फ्यूजनले कन्फ्यूजनमा पार्ने नीति तथा कार्यक्रमलाई आएको टिप्पणी गरेका थिए ।

यसैगरी सांसद पाण्डेले नीति तथा कार्यक्रमले नेपाली जनतामा आशा जगाएको बताए । आर्थिक चुनौतीलाई विश्लेषण गरेर समाधान गर्न, सुशासन कायम गर्न र मुलुकका सबै समस्यालाई समाधान गर्न गफ गरेर मात्रै नहुने भन्दै उनले आफूहरुले गरेर देखाउने जिकिर गरे ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १३:०२   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।