Logo

राजनीति

नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाणको मोबाइलमा भेटिएन सम्बन्धित विवरण



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको मोबाइलमा सम्बन्धित विवरण नभेटिएको प्रहरीले जनाएको छ । नेपाली नागरिकलाई शरणार्थी बनाइ अमेरिका पठाइदिने प्रलोभनमा करोडौं असुली गर्ने गिरोहसँग साँठगाँठ रहेको भन्दै पक्राउ परेका खाँणको मोबाइलको डिजिटल जाँच रिपोर्टमा घटनासँग सम्बन्धित विवरण फेला नपरेको प्रहरी स्रोतले जानकारी दियाे ।

प्रहरीले २७ वैशाखमा खाणलाई उनकै स्वकीय सचिव नरेन्द्र केसीसहित मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउ लगत्तै खाणको मोबाइल नियन्त्रणमा लिएर प्रहरीले जाँचका लागि डिजिटल फरेन्सिक ल्याब (डीएफएल) मा पठाएको थियो ।

तर, त्यसबाट प्राप्त रिपोर्टमा शरणार्थीसँग सम्बन्धित विवरणहरु फेला नपरेपछि खाणलाई गिरोह अनुकूल हुने गरी निर्णयहरु गराएको आरोपमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई सिफारिस गरिएको बताइएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १४:१३   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।