Logo

अर्थ

सरकारको नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट बहुमतले पारित



काठमाडौं । राष्ट्रियसभाबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ । जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

जसलाई राष्ट्रिय सभाको मंगलबारको बैठकले बहुमतले पारित गरेको हो । त्यसअघि नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएका थिए ।

त्यसक्रममा प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम राष्ट्रिय सहमतिको बनेको बताए । उनले प्रतिपक्षमा रहेका र सत्तापक्षमा रहेकाको न्यूनतम साझा कार्यक्रमको धरातलमा उभिएर नीति तथा कार्यक्रम बनेकाले यसको अति विरोध र अति समर्थन आवश्यक नभएको बताएका थिए ।

 

  • याे पनि…

ऐतिहासिक तथ्य र प्रमाणका आधारमा सीमा समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

यो राष्ट्रिय सहमतिको नीति तथा कार्यक्रम हो : प्रधानमन्त्री

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १६:३०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।