काठमाडौं । मंगलबार सेयर बजारमा हरियाली छाएको छ । बजार परिसूचक नेप्से ५१.३१ अंकले बढेको हो । योसँगै नेप्से परिसूचक १९४२.६३ को विन्दुमा उक्लिएको छ ।
त्यसैगरी, ठूला तथा बलिया कम्पनीको मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.८३ अंकले बढेर ३६७.७२ को विन्दुमा पुगेको छ ।
कारोबार रकम बढेर सवा २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ । आज नेप्सेमा सूचीकृतमध्ये २७१ कम्पनीकाको ६० लाख ६७ हजार ४३२ कित्ता सेयर २ अर्ब २० करोड २३ हजार ९४६ रुपैयाँमा किनबेच भएका छन् ।
आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ । आज कारोबार भएका कम्पनीमध्ये २१९ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने २ वटा कम्पनीको सेयरमूल्य घटेको छ । १ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।




















प्रतिक्रिया