Logo

प्रमुख समाचार

पहिला भ्रमणको निम्तो चीनबाटै आएको थियो : प्रधानमन्त्री प्रचण्ड



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिला भ्रमणको निम्तो चीनबाटै आएपनि आफ्नो कारणले नरोकिएको बताएका छन् । राष्ट्रियसभामा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले चिनियाँ राजदूतले आफ्नो व्यस्ततालाई देखेर पछि गरौं कि क्या हो भनेको र त्यसमा आफूले मर्का बुझ्दिएकोमा धन्यावाद दिएको बताए ।

‘उत्तरले गोवाओ फोरममा निम्ता गरेको पक्कै पनि हो । तर, त्यहाँ हामी नजाने भनेर निर्णय नेपाल सरकारले गरेको होइन । चिनियाँ राजदूतले नै यहाँको राष्ट्रपति र उपराष्ट्रपति चुनावको दबाब, यहाँ गठबन्धन बन्ने र भत्किने प्रक्रिया देखेपछि उहाँहरूले सरकारको अप्ठ्यारोलाई बुझेर मलाई तपाईं निकै अप्ठ्यारो अवस्थामा हुनुहुन्छ । गोवा फोरममा जान सम्भव देखिराख्या छैन हामीले अलि पछि गरौं कि क्या हो भनेपछि मैले उहाँलाई मर्का बुझ्दिनुभएकोमा धन्यावाद भनेको हुँ’, उनले भने, ‘त्यसकारण मैले रोकेको भन्ने कुरा सत्य होइन ।’

यस्तै, प्रधानमन्त्री प्रचण्डले पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने कुनै बाध्यता नभएको पनि प्रष्ट्याए । ‘प्रधानमन्त्रीले पहिला कताको भ्रमण गर्ने भन्ने कुरा बाध्यता छैन । समय र परिस्थितिअनुसार गरिने कुरा हो । त्यसको सबैभन्दा ठूलो प्रमाण नै म आफैं हुँ । म पहिलोपटक प्रधानमन्त्री हुँदा पहिलो भ्रमण उत्तरतिरबाट सुरू गरेको थिएँ ।’ उनले भारतसँग भूगोल, अर्थतन्त्र, खुला सिमाना सबै कारणले पनि धेरै महत्व र विशिष्टता भएको बताए ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलवार १७:५९   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।