Logo

अर्थ

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रेष्ठ



काठमाडाैं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्री युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको वैशाख २७ गतेको बैठकले निर्णय गरी स्वीकृतिका लागि नेपा बीमा प्राधिकरणमा पठाएको थियो ।

बीमा प्राधिकरणले जेठ ५ गते स्वीकृति प्रदान गरेपछि जेठ ९ गते बसेको संचालक समितिको बैठकमा श्रेष्ठले कम्पनीका अध्यक्ष हेमराज ढकालबाट शपथ ग्रहण गरेर जिम्मेवारी सम्हालेका हुन् ।

उक्त अवसरमा कम्पनीको संचालक समिति तथा व्यवस्थापनबाट नवनियुक्त कार्यकारी अधिकृत श्रेष्ठलाई सफल कार्यकालको शुभकामना व्यक्त गरियोे थियो ।

प्रकाशित मिति : जेष्ठ ९, २०८० मंगलबार  ६ : ५४ बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।