Logo

एट्लेटिकोमाथि बायर्नको सानदार जित



 डिफेन्डिङ च्याम्पियन जर्मन क्लब बायर्न म्युनिखले युइएफए च्याम्पियन्स लिगमा सानदार जित हासिल गरेको छ । च्याम्पियन्स लिगको समूह एअन्तर्गत बुधबार राति एट्लेटिको मड्रिडमाथि ४-० को शानदार जित निकालेको हो । जितमा किङ्सले कोमानले दुई तथा लियोन गोरेट्जका र कोरेन्टिन टोलिसोले समान एक गोल गरे ।

कोम्यानले २८औं मिनेटमा गोलको खाता खोलेका थिए। गोरेट्ज्काले ४१औं मिनेटमा गरेको गोलसँगै पहिलो हाफमा २-० को अग्रता लिएको बायर्नले दोस्रो हाफमा उत्तिनै गोल थप्यो।

टोलिसोले ६६औं मिनेटमा गरेको गोलसँगै ३(० को फराकिलो अग्रता बनाएको बायर्नका लागि ७२औं मिनेटमा कोम्यानले व्यक्तिगत दोस्रो गोल गर्दै ४=० को जित निश्चित गरे। जितसँगै बायर्नले उपाधि रक्षा अभियानको उत्कृष्ट सुरुआत गरेको छ।

प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार  १० : १४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।