Logo

अर्थ

आगामी बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राख्न मुख्यमन्त्री शाहको आग्रह



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले भेट गरेको छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुख्यमन्त्री नेतृत्वको टोलीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षको बजेट आउन पाँच दिन बाँकी रहेका बेला सुदूरपश्चिमलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन् ।

मुख्यमन्त्रीले प्रदेशका ठूला तथा गौरवका आयोजनालाई अगाडि बढाउन प्रधानमन्त्रीसँग आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०८० बुधबार  १२ : ३१ बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।