काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रम पढ्दा मात्रै राम्रो भएको टिप्पणी गरेका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले पढ्दा समीक्षा, योजना, कार्यक्रम सबै रहेको तर राम्रोसँग हेर्दा केही पनि नरहेको बताए ।
‘१८८ बुँदाको यो नीति तथा कार्यक्रम पढ्दै जाँदा राम्रो छ । यसमा समीक्षा, योजना, कार्यक्रम सबै छन्’, सांसद थापाले भने, ‘तर राम्रोसँग हेर्यो भने फेरि केही छैन ।’
सांसद थापाले यो के का लागि ल्याइएको भन्नेमै सबै अलफलमा परेको बताए । ‘हामीले यहाँ छलफल कसरी गर्छौं भने यसको आधारमा अब बजेट बन्छ जसरी’, उनले भने, ‘तर यसमा भएको छलफललाई कसले ग्रहण गर्ने ? यसको अर्थ के हुने भन्ने प्रश्न गरिहरका हुँदैनौं । बजेट त लक भइसक्यो । अब छाप्न मात्र बाँकी छ ।’
प्रधानमन्त्री तथा मन्त्रीहरु नै के गर्ने, कसरी गर्ने भनेरमा अनविज्ञ हुने भन्दै उनले मन्त्रीलाई सचिवले ब्रिफिङ गर्ने, केही सयमपछि त्यसका आधारमा विभिन्न घोषणा र प्रतिवद्धता जनाउने तथा निर्देशन दिने अनि त्यसैका वरिपरी रहेर संसदमा छलफल हुने गरेको बताए ।
सरकारले भ्रष्टाचार न्यूनीकरण तथा सुशासन कायम गर्न लिएको नीतिको प्रसंशा गर्दै सांसद थापाले यसका लागि केही कार्यक्रम पनि राम्रो आएको बताए । ‘सरकारले भन्यो–भ्रष्टाचारलाई न्यूनीकरण र सुशासन कायम गर्ने मुख्य नीति । एकदम ठीक । यसका लागि कार्यक्रम लिएर आयोग–अख्तियार, सम्पत्ति सुद्धिकरण र राष्ट्रिय सतर्कता केन्द्रका आवश्यक कानुन संशोधन गर्ने । यो पनि ठिक’, उनले भने, ‘तर यतिले मात्रै भ्रष्टाचारको विकराल समस्या समाधान हुन्छ ? पक्कै हुँदैन । त्यसको प्रिभेन्सनको साइट के त ?’
उनले मंगो निर्वाचन प्रणाली, राजनीतिक दलसम्बन्धी कानुन, उम्मेदवा छान्ने तरिका र दलको कोष पारदर्शी हुने कुरासँग भ्रष्टाचार जोडिएको बताए । अब लोकसेवाको भूमिका बढाउने, प्रदेशलाई सन्चालन गर्ने कुरा, स्वार्थको द्वन्द्वका कानुनदेखि संवैधानिक निकायको नियुक्तिको विषयलाई एक ठाउँ जोडेर हेरियो भने मात्र भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने लक्ष्य प्राप्त हुने सांसद थापाले बताए ।




















प्रतिक्रिया