Logo

अर्थ

रवि लामिछानेकाे प्रश्न- अर्थतन्त्रमा ठूलो असर पुर्‍याउने नाकाबन्दी हो भन्न छुटाइयो कि डराइयो ?



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले देशको अर्थतन्त्रमा सबैभन्दा ठूलो असर पुर्याउने नाकाबन्दीलाई बिर्सेको बताएका छन् । बुधबारको प्रतिनिसभामा आगामी वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुर्दै उनले अर्थतन्त्रलाई प्रभावित पार्ने भूकम्प, कोरोना र डेंगु आदि उल्लेख गरेपनि भारतीय नाकाबन्दीको विषय सरकारले छुटाएको बताए ।

‘आर्थिक वृद्धि अत्यन्तै न्यून देखिएको कुरालाई आत्मसाथ गर्दै नीति तथा कार्यक्रम आउनुपर्थ्यो’, उनले भने, ‘भूकम्प, कोभिड, डेंगु आदिलाई अर्थतन्त्रमा चुनौती सिर्जना गरेको भनिएको छ । यसमा सबैभन्दा अर्थतन्त्रमा बढी असर गरेको नाकाबन्दी हो भनेर छुटाइएको छ । छुटाइएको कि डराइएको हो । यो बिर्सनो विषय होइन ।’

अन्योलका स्थितिमा रहेको अर्थतन्त्रलाई सरकारले गम्भीर रुपमा नलिएको पनि सांसद लामिछानेको टिप्पणी छ । अरुलाई मितव्यायी बन्ने सरकार आफै फजुल र्खचमा प्रोत्साहन गरेको देखिएको पनि उनले बताए ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १३:१२   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।