Logo

अर्थ

सांसद भइसकेका कसैले निजी विद्यालय र हस्पिटल खोल्न नपाउने नीति पारित गराैं : ज्ञानेन्द्र शाही



काठमाडौं । राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले शिक्षा र स्वास्थ्यमा ब्यापार बन्द गर्नुपर्ने बताएका छन् । सरकारी अस्पतालको स्तरोन्नती नगर्ने र सरकारी स्कुल बन्द गराउन भूमिका खेल्नेहरु शिक्षा र स्वास्थ्यमा व्यापार गरेर सर्वसाधारण जनतालाई ठगिरहेको बताए ।

बुधबारको प्रतिनिधिसामा नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले शिक्षा र स्वास्थ्यमा क्रान्ति ल्याउन सांसद भइसकेका कसैले पनि विद्यालय अस्पताल खोल्न नपाउने कानुन ल्याउनु पर्ने बताए ।

‘शिक्षा र स्वास्थ्यमा गजबको व्यापार भइरहेको छ । यहाँका माननीयहरुकै कति हस्पिटल र विद्यालय छन् । कुनै दल खोल्ने, विद्यार्थी संगठन बनाउने, स्कुल कजेलका भित्तामा अनेक नारा लेख्ने, तोडफोड गर्ने, कुटपिट गर्ने, जसरी हुन्छ सरकारी स्कुल कलेज बन्द गर्न लगाउने अनि अस्पिटल बन्द गराउने अनि निजी खोल्ने जनताबाट चर्को शुल्क लिने’, उनले भने, ‘यदि देशलाई साँच्चै अगाडि बढाउने हो भने सांसद भइसकेका कसैले पनि निजी विद्यालय र हस्पिटल खोल्न नपाउने नीति यहीँबाट पारित गरौं । जब मात्र शिक्षा र स्वास्थ्यमा क्रान्ति गर्न सकिन्छ ।’

सांसद शाहीले नीति तथा कार्यक्रमलाई बागबजारमा फोटोकपी गरेर ल्याइएको जस्तो भएको टिप्पणी गरे ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार १३:३२   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।