Logo

अर्थ

जागिर खुलेको छैन, भ्रममा नपर्नू : नेपाल टेलिकम



नेपाल टेलिकमका विभिन्न शाखाहरूमा जागिर खोलिएको भन्दै गलत सूचना फैलिएको भन्दै नेपाल टेलिकमले भ्रममा नपर्न आग्रह गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएको हो ।

‘केही दिन यता नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको भनेर कम्पनीका पदाधिकारीहरुको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको सम्बन्धमा कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । कर्मचारी आवश्यकता सम्बन्धी सूचना गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रुपमा सार्वजनिक गर्ने कम्पनीको भनाइ छ ।

प्रकाशित मिति : जेष्ठ १०, २०८० बुधबार  ७ : २२ बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।