काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान सांसद ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई प्रतिनिधिसभा सदस्य बन्ने बाटो खुलेको छ ।
मेडिकल शिक्षा व्यवसायी दुर्गा प्रसााईसँग दुई करोड माग गरेको अडियो सार्वजनिक भएपछि रास्वपाले सांसद ढाकाकुमार श्रेष्ठलाई निष्कासन गरेर उनको ठाउँमा कंसाकारलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको थियो । तर ढाकाकुमार श्रेष्ठले अदालतमा मुद्दा दर्ता गराएपछि उनी सांसद बन्न पाउने वा नपाउने भन्ने दाेधार भएकाे थियाे ।
बुधबार सोही रिटमा न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको इजलासले ढाका कुमारको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यो सँगै कंसाकार सांसद हुने बाटो खुलेको छ । कानुन व्यवसायीहरुका अनुसार अब कंसाकारले शपथ लिन सक्नेछिन् ।




















प्रतिक्रिया