काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ ।
आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । योसँगै छापावाला सुन प्रतितोला १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ ।
हिजो बुधबार भने सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको थियो । यो दिन छापावाला सुन प्रतितोला १ लाख ९ हजार ८०० रुपैयाँ र तेजाबी सुन १ लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर १ हजार ३५० रुपैयाँ कायम भएको छ । हिजो पनि तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो ।
प्रतिक्रिया