Logo

प्रमुख समाचार

माओवादी सांसद दाहालको दाबीः भ्रष्टाचारको कुरा उठाएर मैले संसदीय मर्यादा उल्लंघन गरेको छैन



काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल ‘राजन’ले आफूले संसदीय मर्यादा उल्लंघन नगरेको दाबी गरेका छन् ।

दाहालले १० जेठको बैठकमा दिएको अभिव्यक्तिलाई लिएर नेकपा एमालेले शुक्रबार संसद बैठक अवरुद्ध गरेको छ । दाहालले संसदीय मर्यादा विपरित अभिव्यक्ति दिएकाले माफी माग्नुपर्ने एमालेको माग छ । माओवादी सांसद दाहालले माफी नमागे संसद चल्न नदिने अडान लिएका कारण संसद बैठक अनिश्चित भएको छ ।

आज सुरु भएको संसद बैठकमा माओवादी सांसद दाहालले बोल्ने क्रममा ‘पशुपति नाथको जलहरी लाउँदा पनि सुन लाउने भनेर पित्तल लाइदिएर गरेका भ्रष्टाचार’ भनेका थिए ।

यसो भनेर आफूले संसदीय मर्यादा उल्लंघन नगरेको दाहालको दाबी छ । एमालेको अवरोधका कारण संसद स्थगित भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, मैले शिष्टतापूर्वक माननीय केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा भएको भ्रष्टाचारहरुको फेहरिस्त बताएको हुनाले मैले संसदीय मर्यादा उल्लंघन गरेको छैन ।’

पशुपतिमा जलहरी राख्ने क्रममा बदमासी भएको भन्दै माओवादी सांसद दाहालले संसदीय छानबिन समिति बनाउनुपर्ने माग समेत गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार १७:२९   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।