काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सीमासम्बन्धी सममस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि छलफलका क्रममा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताए ।
‘थाती रहेको समस्यालाई नक्सा, प्रमाणको आधारमा कूटनीतिक ढंगबाट समाधान गर्न सरकार दृढ छ’, उनले भने ।




















प्रतिक्रिया