Logo

अर्थ

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रम पारित भएको छ। पाँच दिन प्रतिनिधिसभाको बैठकमा छलफल भएपछि सरकारको नीति तथा कार्यक्रम आज (शनिबार) बहुमतले पारित गरेको हो।

जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय सदनमा प्रस्तुत गरेका नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नका जवाफ प्रधानमन्त्री पुषपकमल दाहाल प्रचण्डले दिएपछि पछि सभामुखले  निर्णयार्थ प्रस्तुत गरेका थिए ।

त्यसअघि नीति तथा कार्यक्रममाथि परेका संशाेधन प्रस्ताव केही फिर्ता भएकाे थियाे भने धेरै संशाेधन बहुमतले अस्वीकृत गरेका थियाे । राष्ट्रियसभाको बैठकले यसअघि नै पारित गरिसकेको छ।

जेठ १५ गते सरकारले आगामी वर्षको बजेट ल्याउँदै छ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार २१:४१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।