Logo

अर्थ

कामना सेवा विकास बैंकका नव नियुक्त सीईओ थकालीले सम्हाले कार्यभार



काठमाडौं । कामना सेवा विकास बैंकका नव नियुक्त सीईओ दिनेश थकालीले आइतवारदेखि बैंकको कार्यभार सम्हालेका छन् । बैंक सञ्चालक समितिको बैशाख १३ गते बसेको बैठकले थकालीलाई सीईओ नियुक्त गरेको थियो । बैंकको सञ्चालक समितिले थकालीलाई चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ ।

बैंकिङ्ग क्षेत्रमा करिब २२ वर्ष अनुभव बटुलेका थकाली एक कुशल बैंकरको रुपमा परिचित छन् । त्रिभुवन विश्व विद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर तथा कानूनमा स्नातकको अध्ययन पूरा गरेका थकालीले सांग्रिला डेभलेपमेन्ट बैंकबाट म्यानेजमेण्ट ट्रेनीको रुपमा बैंकिङ्ग करियर सुरु गरेका थिए । चार्टर्ड एकाउन्टेन्ट समेत रहेका थकाली छोटो समयमै बैंक तथा वित्तीय क्षेत्रमा  कुशल व्यवस्थापकका रुपमा परिचित छन् ।

३२ वर्षको उमेरमै तत्कालिन सांग्रिला डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत भएका  थकाली बागेश्वरी र साग्रिला गाभिए पछि  कम्पनी सचिव तथा डेपुटी सिइओ भए ।सांग्रिला डेभलपमेन्ट पछि थकाली प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृतमा प्रवेश गरेका थिए । प्रभु बैंकको नायव महाप्रवन्धक तथा प्रमुख बजार अधिकृतको रुपमा रहेका थकालीले साढे दुई वर्ष प्रभु क्यापिटलको प्रवन्ध संचालक पदमा रहेर काम गरेका थिए ।

 

 

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आईतवार १२:४४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।