काठमाडौं । पछिल्लो समय देखिएको आर्थिक संकटका कारण बैंक तथा वित्तीय संस्थाहरूको खराब कर्जा अनुपात बढ्ने क्रमले निरन्तरता पाएको छ । मन्दीका कारण प्रवाहित कर्जा व्याज तथा साँवा असुल नहुने अवस्थाले चालू आर्थिक वर्ष ०७९/८० को चैत मसान्तसम्म वाणिज्य बैंकको खराव कर्जा ३ प्रतिशतभन्दा माथि पुगेको छ । सामान्यतया खराब कर्जा कम हुँदा बैंकको सावाँ ब्याज उठिरहेको छ भन्ने देखाउँछ भने खराब कर्जा बढी हुँदा उसको कर्जाको सावाँ ब्याज उठिरहेको छैन भन्ने बुझिन्छ ।
गत असोज मसान्तसम्म १.७७ प्रतिशत र पुस मसान्तसम्म २.४९ प्रतिशत रहेको वाणिज्य बैंकहरुको चैत मसान्तसम्मको औषत खराब कर्जा ३.०३ प्रतिशत रहेको छ।यद्यपि केही बैंकको खराब कर्जाको दर ४ प्रतिशत नाघेको छ भने केहीको एक प्रतिशतभन्दा तलै रहेको छ। २०७९ चैत मसान्तसम्मको तथ्यांक हेर्दा कुमारी, कृषि विकास बैंक, प्रभु बैंक, हिमालयन बैंक खराब कर्जा बढेको बैंकका सूचिमा परेका छन् । एभरेष्ट बैंकको खराब कर्जा सबैभन्दा थोरै ०.७० प्रतिशत रहेको छ भने सबैभन्दा बढी हिमालयन बैंकको ४.५६ प्रतिशत रहेको छ। एभरेष्ट, एनआईसी एसिया, स्ट्याण्डर्ड चार्टड, नेपाल एसबिआई बैंकको खराब कर्जा एक प्रतिशतभन्दा तल रहेको छ भने अरु सबै बैंकको एक प्रतिशतभन्दा माथि रहेको छ। हिमालयन बैंकसहित १३ वटा कमर्सियल बैंकहरुको औषत खराब कर्जा ३.०३ प्रतिशतभन्दा बढी रहेको छ।





















प्रतिक्रिया